भदौ १०, सुर्खेत, । वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले शुक्रबार साँझ सोहि होटलमा बस्ने एक ग्राहकको हत्या गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्याको अभियोगमा ढकाल पक्राउ परेका हुन् ।
होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको ढकालले अत्यधिक मादक पदार्थ सेवन गरी बञ्चराले हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या पछि फरार रहेका ढकाललार्इ प्रहरीले वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको हो । हत्याको कारण भने पत्ता नलागेका कारण थप अनुसन्धान गर्ने प्रहरीको भनार्इ छ ।








