देशमा तमाम समस्या रहेका बेला प्रधानमन्त्री भारत भ्रमणमा जानु अस्वभाविक

भदौ ६, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालको स्थितिमा प्रधानमन्त्री भारत भ्रमणमा जानु अनुकुल नभएको बताउनुभएको छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले देशमा बाढी, पहिरो र डुबान लगायत तमाम समस्या रहेका बेला भ्रमणमा जानुको कारण कुनै कारण नरहेको पनि बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारण सदनमार्फत सबै नेपाली जनतालाई प्रष्ट्याउनु पर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ, जसबाट १४९ को ज्यान गइसकेको छ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ ।’

सम्बन्धित शिर्षकहरु