भदाै ६, काठमाडौं । भदाै ४ गते बाट सरकारले अाैपचारीक रूपमा इम्बोस्ट नम्बर प्लेटको सुरूवात गर्ने घोषणासँगै अाउँदो शुक्रबारबाट बाग्मती अञ्चलका सवारीमा इम्बोस्डको प्लेट जडानको लागि आवेदन खुला गर्ने भएको छ । इम्बोस्डका लागी अनलाइन आवेदन दिन सकिने व्यवस्था सरकारले भदाै ९ गतेबाट कार्यान्वयन गर्न लागेको हो । अाजै नै विभागले काठमाडौंका यातायात कार्यालयहरुलाई पत्र लेखेर ९ गतेबाट आवेदन लिन सुरु गर्नुपर्ने जानकारी गराएको छ ।
आफ्नो सवारीमा इम्बोस्ड जोड्न चाहानेले विभागको वेबसाइटमा उपलब्ध अनलाइन सिस्टममा आफ्नो सवारी नम्बर रजिष्ट्रेशन गराउनुपर्ने हुन्छ । सिस्टममा विवरण इन्ट्री भएपछि सिस्टमले नै सवारी धनि यातायात कार्यालयमा उपस्थित हुनुपर्ने मिति पनि सिस्टम अाफैँले देखाउनेछ ।
देखिएको मितिमा सवारी कार्यालयमा पुगेर सवारी धनिले आफ्नो सवारीको इन्रालमेन्ट गर्नुर्पोछ । सवारीका सबै कागजातसहित यातायात कार्यालयमा पुगेर सवारीधनीले आफ्नो बायामेट्रिक दिएर फारम भर्नुपर्नेछ र यातायात कार्यलयले मिति तोकेर इम्बोस्ट प्लेट लिन बोलाउने छ ।








