पूर्ण रुपमा संघीय गणतान्त्रिक मुलुक हुन सबै तहको निर्वाचन सिध्याउनै पर्ने

भदौ ५, काठमाडौं । त्रिचन्द्र क्याम्पसको सतवार्षिकी कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहको निर्वाचन सम्पन्न भएपछि नेपाल पूर्ण रुपमा संघीय गणतान्त्रिक मुलुक हुने बताएका छन् । सबै तहको निर्वाचन सम्पन्न गरेपछि मात्र मुलुक नया संघीय संरचनामा विधिबत रूपमा प्रवेश गर्ने उनले बताए ।

स्थानीयतहको तेश्रो चरणको निर्वाचन सम्पन्न भएपछि प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन पछि सबै वर्ग र तहको सम्पूर्ण अधिकार प्राप्त हुने उनको भनार्इ छ ।

 

सम्बन्धित शिर्षकहरु