डिआईजी नवराज सिलवाल अब राष्ट्रिय सुरक्षापरिषदमा

भदौ ५, काठमाडौं ।आईजीपी प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका डिआईजी नवराज सिलवालाई गृहमन्त्रालयले राष्ट्रिय सुरक्षापरिषदमा सरुवा गरेको छ । गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट उनलनर्इ सुरक्षापरिषदमा सुरुवा गरिएको हो । सिलवालका आफूसँगैका ब्याचका सहकर्मीहरू आइजीपी र एआइजी भइसके पनि आईजीपी विवादका कारण सर्वोच्चमा उनको मुद्दा चलिरहेका कारण उनको बढुवा भने भएको छैन । साउन ३२ गतेको निर्णय अनुसार सुदीप आचार्य सरुवा भएर रिक्त भएको ठाउँमा उनको सरुवा गरिएको हो ।

सम्बन्धित शिर्षकहरु