भदौ ४, काठमाडौं । बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसर पारेर नेपाल टेलिकमले विभिन्न प्रकारका अफर दिने भएको छ । जीएसएम प्रिपेड र पोष्टपेड दुवै सिममा टेलिकमले युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेजको अफर दिन लागेको हो । यी सबै अफर आगामी भदौ ५ देखि भदौ १९ सम्म खरिद गर्न सकिने छ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने छ ।
युट्युब डाटा प्याकेज एक सय रुपैयाँमा सुचारू गर्न सकिन्छ र यसमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ जुन २१ दिनसम्म प्रयोग गर्न सकिने छ । ६० रुपैयाँमा भने ५ सय एमबी डाटा १४ दिन अवधिका लागि मात्र पेदान गरीने छ ।
डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अन्तर्गत १५० र २५० को प्याक उपलब्ध हुनेछ । १५० रुपैयाँमा ६०० एमबी र २५० रुपैयाँमा १ जिबी डाटा भोल्युम उपलब्ध हुनेछ । यी प्याक अन्तर्गतको स्किमबाट कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट समेत उपलब्ध हुनेछ । यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुनेछ ।
युट्युब डाटा प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा SMS पठाउनु पर्छ । त्यसैगरी डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिनका लागि PACK150 वा PACK250 लेखेर १४१५ मा SMS पठाउनु पर्छ ।








