भदौं ४, काठमाडौँ । विशेष अदालतका न्यायाधीश प्रभा बस्नेतलगायत तीन जनाको इजलासले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका राजीव गुरुङ (दीपक मनाङे) लार्इ सफाइ दिएको छ । आइतबार मनाङे सँगै उनकी जेठी श्रीमती पासाङ डोमा शेर्पाले पनि सफाइ पाएकि हुन् ।
०७० जेठ २ गते विषेश अदालतमा १४ करोड ८९ लाख अकुत सम्पत्ति थुपारेको भन्दै विभागले मनाङेविरुद्ध मुद्दा दायर गरेको थियो । उनलाई बिगोको रकम र सोको दोब्बर जरिबानासहितको मुद्दा विषेश अदालतमा चल्दै आएको थियो । मनाङ्गे विभिन्न घटनामा पक्राउ पर्दै र छुट्दै आएकाे यो पहिलो घटना भने होइन । मनाङ्गे राप्रपाका केन्द्रीय सदस्य समेत हुन् ।








