साउन ३२, काठमार्डौ । निर्वाचन आयोगका पदाधिकारीहरूले सिंहदरवार स्थित प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी दुर्इवटै निर्वाचन एकैचरणमा गर्न नसकिने जानकारी गराएका छन् । भेटमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिवको समेत उपस्थिति थियो । निर्वाचनको लागि समय कम हुँदै गएको र व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभैसकेको अवस्थामा दुई वटै निर्वाचन सञ्चालन गर्न कठिनाई हुने प्रमुख निर्वाचन आयुक्त यादवले बताएका छन् । मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने प्रधानमन्त्री देउवाले बताएका छन् ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गर्भ बसेपछि प्रेमिकाको हत्या
पर्वत । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत […]
मलेसियामा श्रमिकको तलव बढ्दै, लाखौँ नेपाली कामदार लाभान्वित
काठमाडौं । नेपाली श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा स्वदेशी तथा विदेशी श्रमिकहरुको […]
पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने साउदी अरबको निर्णय,सर्त भने कडा
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक […]
नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल,नेपाललाई लेभल थ्रीमा झारियो
अष्ट्रेलिया । नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया यात्रा थप मुस्किल बनेको छ । अष्ट्रेलियाको आन्तरिक […]
अष्ट्रेलियामा हुनुहुन्छ ? अष्ट्रेलियाको कुन शहरमा कति बजे दशैंको टीकाको उत्तम साइत
अष्ट्रेलिया । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि […]


