सुरक्षा निकायका अधिकृतहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दा कारबाहीको चेतावनी

साउन २७, काठमाडौं । सुरक्षा निकायमा हालै बढुवा भएका अधिकृतहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सुरक्षा निकायको माथिल्लो निकायले फोटो किन हालेको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि अहिले ती सुरक्षा निकाय आलोचनाको पात्र बन्न थालेका छन् ।

लामो समयपछि बढुवा भएका सुरक्षा निकायका अधिकृतले दर्ज्यानी चिन्ह लगाएको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै सुरक्षा निकायका प्रधान कार्यालयहरूले स्पष्टीकरण सोधेपछि यस विषयमा बहस सुरु भएको छ ।

सुरक्षा निकायको ऐन तथा नियमावलीमा सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेमा के कस्तो कारबाही हुने कुनै कुरा उल्लेख नभए पनि ती सुरक्षा निकायको प्रधमन कार्यलयले भने मौखिक आदेशको भरमा कारबाहीको धम्की दिएर उनीहरूको हुर्मत लिने काम गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरूको आलोचना सुरु भएको छ । अाजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु