भरतपुर १९ मा फेरी मतदान गर्न सर्वोच्च अदालतको आदेश

साउन १५, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्न आदेश दिएको छ । लगभग दुई महिना लामो सुनुवाईपछि आज न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गराउन आदेश दिएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना भइरहेको बेला गत जेठ १५ गते मध्यराति माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो। । मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीच प्रतिस्पर्धा भइरहेको बेला ९१ वटा मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरे पनि त्यसविरुद्ध वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले आज सो रिट खारेज गरिदिएको हो। सो रिटमा फैसला गर्दै सर्वोच्चले यसअघि निर्वाचन आयोगले गरेको निर्णय सदर गरेको हो ।

सर्वोच्चले मतपत्र च्यातिने जस्ता घटना दोहोरिन नदिन गणनास्थलमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई निर्देशन समेत दिएको छ ।

 

सम्बन्धित शिर्षकहरु