साउन १०, काठमाडौं । अाज कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । कोरियामा रोजगारी गर्न इच्छुक ६८ हजार भन्दा बढीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दिएको परीक्षामा १२ हजार १०८ उत्तीर्ण भएका छन् ।
ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रअरीबाट मेडिकल लगायतका प्रक्रियामा सहभागी गराइने खतिवडाले बताए ।








