अफ्गानिस्तानको हवाई कारबाहीमा १४३ जनाको मृत्यु

साउन १०, अफगानिस्तान  ।  अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा परी नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन् । यस आक्रमणमा परी अन्य १७ आतङ्ककारी घाइते भएका छन । अफगान सेनाको स्रोतले मङ्गलबार सो जानकारी दिएका छन् ।

सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जिल्लाका केही स्थानमा गरेको यस्तो कारबाहीमा उनीहरु मारिएका हुन् । उत्तरी प्रान्तमा अवस्थित कोहिस्तान जिल्लाका खैराबाद, क्युदुघक क्युरुघ, लास र चसमाइ सन्गीन क्षेत्रमा गरेको हवाई आक्रमणमा १४३ आतङ्ककारी मारिनुको साथै अन्य १७ जना घाइते भएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । तालिवन आतङ्ककारी समूहले गत आइतवार कोहिस्तान जिल्ला कब्जा गरेका थिए । सो क्षेत्र पुनःनियन्त्रणको लागि सुरक्षाबलले कारबाही जारी राखेका थिए । रासस

सम्बन्धित शिर्षकहरु