भुटानी नेपाली समुदायको आंगनमा काव्य गुन्जन

साउन ७,  सिड्नी । संघर्षलाई जारी राखियो भने एक दिन त्यहि संघर्षलाई ‘सङ्ग’ + ‘हर्ष ‘ भनेर खुसी साट्ने क्षण पनि अवश्य फर्कने छ । शरीर भुटानमा जन्मिए पनि मनभरि नेपाल कुंदेका साहित्यिक मनहरूले एक सुन्दर ‘रमाईलो काव्य साँझ’को आयोजना गरेका छन्।

भुटानबाट नेपाल हुंदै अस्ट्रेलिया मा पुनर्वास गर्नु भएका नेपाली मुलका भुटानी समुदायले विविध काव्यका आयामहरूलाई प्रस्तुत गर्दै सिड्नीको ब्ल्याक टाउनमा एक विशेष कार्यक्रमको आयोजना गर्नु भएको समुदायका अगुवा प्रतिनिधि डा ॐ ढुङेलले असनेपालन्युजलाई बताउनु भयो । वालवालिका देखि जेष्ठ नागरिक सम्मका सबैलाई मनोरन्जन र प्रेरणा दिलाउने कार्यक्रम आयोजना गर्दा भाषा , पहिचान र स्व-अस्तित्वको विस्तारहुने समुदायका एक पदम काफ्ले ले बताउंनु भयो । सो अवसरमा समुदायका अगुवाहरू तथा विशेष अतिथिको रुपमा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास )के केन्द्रिय उपाध्यक्ष्य तथा सकारात्मक सोच र आनन्द योगका अभियन्ता भीमसेन सापकोटा (आचार्य राजन ) ,कवि थिर प्रसाद भन्डारी ,विशेष अतिथि तथा अनेसास एन एस डब्लु च्याप्टर अध्यक्ष सानु घिमिरे ,हेमन्त आचार्य , पदम काफ्ले , ॐ ढुङेल नन्दु भण्डारी, लगायत दर्जनौंले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो । वाल नाटक देखि विभिन्न सांस्न्स्कृतिक प्रस्तुती समेत सो अवसरका आकर्षण बनेका थिए ।

‘अस्ट्रेलियन भुट्निज अशोसिएशन ‘ले हरेक वर्ष भाषा साहित्य प्रवर्द्दनका लागि लागि यस्ता कार्यक्रम गर्दै आएको छ । विभिन्न सर्जकहरू को आकर्षक प्रस्तुती रहेको सो सन्ध्या प्रवासमा भाषा साहित्य विस्तारको एक महत्वपूर्ण पहल बन्न पुगेको सहभागीहरूको प्रतिकृया छ ।

सम्बन्धित शिर्षकहरु