३ साउन, काठमाडौं । काठमाडौंमा स्काई रेलको सम्भाव्यता अध्ययन गर्न जिम्मा पाएको साइमेक्स इंक कम्पनीले मंगलबार काठमाडौंमा स्काई रेलको सञ्चालन गर्न सकिने निष्कर्ष सहितको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ ।
साइमेक्सले पेश गरेको प्रतिवेदनको पहिलो चरणमा तिलगंगाबाट सुरु भएर एरपोर्ट, तिनकुने, नयाँबानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्मको रूट रहेको छ । यो रुटलाई कीर्तिपुरसम्म लम्ब्याउने सकिने साइमेक्सको प्रतिवेदनले देखाएको छ ।
यस्तै महाराजगञ्ज नारायणगोपाल चोकबाट रत्नपार्क, सातदोबाटो गोदावरीसम्म तथा चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेलको सम्भाव्यता देखीएको छ ।
प्रतिवेदन बुझ्नुहुने महानगर प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्ताव अघि बढाइने बताउनुभएको छ ।








