
साउन २, काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका आज फैसला सुनाउने भएको छ ।
सर्वोच्चले नयाँ प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुली पाएपछि लामो समयदेखि पटक पटक इजलास सर्दै आएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला आज दिउँसो ३ बजेपछि आउनसक्ने बताइएको छ ।
निर्वाचन आयोगले मतगणनाको क्रममा मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्णय गरिसकेको थियो । भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने वा पुनः गणना भन्ने विवाद कायम छ । तर, विपक्षी दल एमालेले यसमा असन्तुष्टि जनाउँदै आएको छ ।
यही बीचमा नेकपा एमालेको भरतपुर १९ नम्बर वडाको खुलातर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विश्वकर्मा र अधिवक्ता तुल्सीराम पाण्डेले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा आज फैसला हुनलागेको हो ।
कांग्रेस–माओवादीकी साझा उम्मेदवार रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा रहेको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मुद्दा सर्वोच्च अदालत पुगेको हो ।








