साझाले निश्चित व्यक्तिका लागी निशुल्क सेवा दिने

असार ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाले गरीब तथा अपाङ्गता भएका नागररीकहरूका लागी साझा बसमा  निशुल्क यात्राको ब्यवस्था मिलाउने भएको छ । महानगरपालिकाको अबको कार्यक्रम गरीबको तथा अपाङ्गता भएकाहरूको पहिचान गरि परिचयपत्र वितरण गर्ने रहेको छ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेे क्रममा  काठमाडौंमा गरीब घर परिवारको पहिचान गरि परिचयपत्र वितरण गरिने बताउनुभएको हो । परिचयपत्र पाएका निश्चित व्यक्तिहरूले व्यक्तिले साझा यातायातमा निःशुल्क यात्रा गर्न पाउनेछन् । महानगरले पूर्ण अपाङ भएका व्यक्तिलार्इ रातो रंगको परिचयपत्र दिएर विशेष भत्ता पनि दिने शाक्यले बताउनुभयो । सरकारले यस अघि नै केन्द्रीय स्तरमा गरीब परिचयपत्र बाँड्ने योजना बनाएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।

सम्बन्धित शिर्षकहरु