असोज २४,काठमाडौं । हिजो निर्मल निवासमा आयोजित आफ्नो ७१ औं जन्मोत्सवको जन्मदिन समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाहले देश विखण्डनतर्फ जान्छ कि भन्ने चिन्ता व्यक्त गर्नुभएको छ । तपाईँ हामीलाइ थाहा भएदेखि पूर्वराजा ज्ञानेन्द्रले अन्तिममा बोल्ने गर्नुभएको एउटा वाक्य ” श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ” भन्ने वाक्य भने परिवर्तन भएको छ । राजतन्त्र र गद्दी सँगै उहाँको चर्चित वाक्यमा पनि परिवर्तन अाएको हो । आफ्नो जन्मदिनको अवसरमा जारी सन्देशमा उहाँले यो वाक्यलाई परिवर्तन गर्नुभएको हो । समारोहमा उहाँले पत्रकारहरुसँग कुरा गर्दै देशलाई एकताबद्ध बनाएर लैजान नेताहरुलाई सुझाव दिनुभएको छ । शाहको जन्मदिनमा सयौंको संख्यामा सर्वसाधारण, सुभेक्षुक, राप्रपाका नेता कार्यकर्ता तथा पूर्व कर्मचारीहरुको घुँइचो लागेको थियो । साहित्यिक शैलीमा लखिएको सन्देशमा उहाँले कस्तुरी हराएको मृगको उदाहरण दिनुभएको छ । सन्देशमा उहाँले राष्ट्र र राष्ट्रियताको चिन्ता गर्नुभएको छ । अन्त्यमा पशुपतिनाथ नछुटाए पनि हामी “सबैको कल्याण गरुन्” भन्नुको साटो “सबैमा सुबुद्धि र प्रेरणा दिउन्” भन्ने कामना गरिएको छ ।
सम्बन्धित शिर्षकहरु
विभिन्न देशका डा.हरुको सहभागी ‘आम्दा’ को सम्मेलन अष्ट्रेलियाको पर्थमा सम्पन्न
सिडनी । अष्ट्रेलियाको पर्थमा विभिन्न देशका चिकित्सकहरुको सहभागीतामा आम्दाको सम्मेलन समपन्न भएको छ । […]
दियालो साहित्य सरगमको घोषणा सभा
काठमाण्डौ । साहित्य,कला र संगीतको विकास र प्रवर्धनमा विशेष जोड दिने उद्देश्यका साथ स्थापना भएको "दियालो […]
शिवमार्ग सेवा समाजको तीज विशेष कार्यक्रम सम्पन्न
भक्तपुर । नेपाली हिन्दू महिला हरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि शिवमार्ग […]
प्रदेशमा कुन दलको स्थिति कस्तो छ? हेर्नुहोस सातै प्रदेशको सत्ता समिकरकण
काठमाण्डौ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना […]
सिड्नीबाट क्वालालाम्पुर उडेको विमान आकस्मिक अवतरण,यसरी बच्यो सबैको ज्यान
सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट मलेसियाको क्वालालाम्पुर ३०० जना भन्दा बढि मानिस लिएर उडेको मलेसियन […]
चलचित्र सिग्नेचरको सकरात्मक अभियान पोखरामा सम्पन्न
स्वास्थ्य मन्त्रालय (NCASC) वाट "अवार्ड अफ एक्सिलेन्स्" प्राप्त ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल […]



