असार १७, चितवन । हिजो बिहान ८ बजे देखी अबरुद भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा पहिरो पन्छाएपछि शनिबार साँझ साढे ६ बजेबाट सडक खुलेको चितवन प्रहरीले जनाएको छ ।
हिजो बिहान खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न ठूलो पहिरो खसेपछि बाटो खुलाउन निकै समस्या भएको थियो । अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको थियो । बिचबाटोमै अलपत्र परेका सवारी साधन बाटो खुले पछि आफ्नो गन्तव्यतिर लागेका छन् । कतिपय गाडीहरु हेटौंडाको बाटो हुँदै आवत-जावत गरे काठमाडौंबाट पश्चिम तर्फ जाने कतिपय गाडीहरु मुग्लिन, पोखरा, स्याङ्जा, पाल्पा हुँदै बुटवल निस्किएर जाने गर्दछन् ।
नारायणगढ-मुग्लिन सडकखण्ड बिस्तारको काम भइरहेकाले पहिरोले पटक-पटक अवरुद्ध हुँदै आएको छ ।








