राजपा पकड क्षेत्रमै सबैभन्दा उत्साहजनक मतदान

असार १५, काठमाडौं । राष्ट्रिय जनता पार्टीको प्रभाव क्षेत्रका मतदाता उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् । रुपन्देहीका कोटहीमाई, सम्मरीमाई, मर्चबारी माई, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका राजपाको प्रभाव क्षेत्र मानिन्छ । ती स्थानमध्ये कतिपयमा ८० प्रतिशतसम्म मत खसेको छ भने कतिपयमा ७५ प्रतिशत मत खसेको सम्बन्धित निर्वाचन अधिकृतले बताएका छन् । कोटहीमाई गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । उनले भने, ‘सोचेभन्दा बढी मत खसेको छ ।’गढी गाउँपालिकामा ७५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत लक्ष्मण ढकालले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु