निर्वाचनका लागी सार्वजनिक बिदाको माग

असार ६ । काठमाडौं, यही असार १४ गते हुन गइरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी निर्वाचन अायोगले निर्वाचन हुने प्रदेशमा असार १४ गते विदा दिन सरकारसँग आग्रह गरेको छ । निर्वाचनको दिन ३ वटा प्रदेशका ३५ जिल्लामा सार्वजनिक बिदा र शैक्षिक संस्थाहरु चार दिन बन्द हुन पर्ने माग गरीएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदान कार्य सञ्चालन गर्ने सन्दर्भमा अधिकांश मतदान केन्द्र सार्वजनिक एवम् संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ सार्वजनिक एवम संस्थागत विद्यालय र क्याम्पसमा २०७४ असार ११ देखि २०७४ असार १४ गतेसम्म ४ दिन सार्वजनिक विदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगको वैठकबाट शिक्षा मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।

निर्वाचनको समयमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका सरकारी, अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदान कार्यमा परिचालित गर्नुपर्ने हुन्छ । त्यस समयमा सर्वसाधरणलाइ सेवा प्रदान गर्न कठिनाई हुन सक्ने भएकाले २०७४ साल असार १४ गते सार्वजनिक विदा दिने व्यवस्था मिलाउन निर्वाचन अायोगले गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय समेत गरेको छ ।

सम्बन्धित शिर्षकहरु