प्रधानन्यायाधिश टुङ्गो लागेन

असार ६, काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेताका हैसियतमा संवैधानिक परिषद सदस्य रहेका केपी शर्मा ओलीले प्रधानन्यायाधिश नियुक्तीको विषयमा आवश्यक कागजपत्र अध्ययन गर्नुपर्ने भन्दै अडको थापेपछि सोमबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधिश पदमा प्रस्तावित गोपाल पराजुलीका विषयमा धेरै कुरा अध्ययन गर्नुपर्ने भन्दै निर्वाचनपछि निर्णय गर्नु उत्तम हुने धारणा राखेको स्रोतले  बताएको छ । स्थानिय तहको दोस्रो निर्वाचन आगामी असार १४ गते हुँदै छ । सिंहदरबारमा सोमबार बसेको परिषद बैठकमा ओलीले सिफारिस भएका न्यायाधिशहरुको कागजपत्र अध्ययन गरेपछि मात्रै अन्तिम निर्णय गर्नु पर्ने प्रस्ताव राख्नुभएको छ ।

ओलीको  प्रस्ताव पछि प्रधानन्यायाधिश सिफारिस असार १५ गते सम्मका लागी सरेको छ ।  कामु प्रधानन्यायाधिश गोपाल पराजुलीको उमेर र शैक्षिक योग्यता सम्बन्धमा विवाद रहँदै आएको छ । यद्धपी  यी विषयलाई सर्वोच्च अदालतले किनारा लगाईसकेको छ । उमेरका विषयमा जनकपुरका मुख्य न्यायाधिश सुरेन्द्रवीर बस्नेतको मुद्दामा निवर्तमान प्रधानन्यायाधिश सुशीला कार्कीको एकल निर्णय सर्वोच्च अदालतको फैसला अनुसार खारेज भएपछि पराजुलीको  उमेर विवाद पनि स्वतः समाधान भएको थियो । पराजुलीको एसएलसीको प्रमाणपत्रलाई लिएर अधिबत्ता विकास गिरीले सर्वोच्चमा दिएको रिट निवेदन अघिल्लो साता खारेज भएपछि प्रधानन्यायाधिशका लागी मार्गप्रशस्त भएको थियो । निवर्तमान प्रधानन्यायाधिश सुशिला कार्कीले उमेरहदका कारण जेठ २४ गते अवकाश पाउनुभएको थियो  ।

सभामुख ओनसरी घर्ती मगरले असार १५ गतेसम्मका लागि परिषद बैठक स्थगन भएको जानकारी दिनुभयो । रीस्टरमा आएका पाँच जना न्यायाधिशका विषयमा रहेका कागजपत्र अध्ययन पछि निर्णय गर्ने गरी बैठक बैठक असार १५ गते सम्मका लागी स्थगन भएको छ । सबैले एकमतले असार १५ गते संबैधानिक र कानुनी व्यवस्थाअनुसार वरिष्ठतम न्यायाधिशलाई नियुक्त्तीका लागी सिफारीस गर्ने माइन्युट भएको छ । उहाँले भन्नुभयो जेठ २४ गते प्रधानन्यायाधिश सुशिला कार्कीले उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि न्यायालयको सर्वोच्च प्रशासन कायममुकायमको भरमा छ । कायममुकायम प्रधानन्यायाधिशका रुपमा वरिष्ठतम न्यायाधिश गोपाल पराजुलीले काम गरिरहनु भएको छ ।

उपसभामुख गंगाप्रसाद यादवले संवैधानिक परिषदमा एमाले अध्यक्ष ओलीले प्रस्तावित नाममध्ये ज्येष्ठ कामु प्रधानन्यायाधिश पराजुलीको उमेर र शैक्षिक योग्यता लगायत विषयमा अध्ययन गर्नुपर्ने भएकोले समय माग गर्नु भएको जानकारी दिनुभयो । उहाँले ओलीको भनाइलाई उदृत गर्दै भन्नुभयो १४ स्थानिय तहको दोस्रो निर्वाचन आएको र त्यस अन्तर्गत आफ्ना पूर्वनिर्धारित कार्यक्रममा सहभागीहुन केही दिनकालागी पुर्व लाग्नु पर्ने भएकोले अब चुनावको भोलिपल्ट निर्णयमा पुगौं । ओलीले पराजुलीको शैक्षिक योग्यता र उमेरमै प्रश्न उठाउनु भएको थियो ।

न्यायपरिषदले जेठ ३० गते प्रधानन्यायाधिशका लागी योग्यता पुगेका ६ जना न्यायधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो । रोस्टरमा नाम सामेल  भएकामध्ये न्यायाधिश देवेन्द्रगोपाल श्रेष्ठले अवकाश पाइसक्नुभएको छ । अब वरिष्ठ न्यायाधिश पराजुली, न्यायधिशहरु  दिपकराज जोशी, ओम प्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, जगदिश शर्मा पौडेल मध्येबाट प्रधानन्यायाधिश सिफारिस हुनुहुनेछ । आजको अन्नपुर्ण पोष्टमा खबर छापिएको छ ।

सम्बन्धित शिर्षकहरु