असार ५। दमक, करेन्ट लागेर झापाको गौरादह नगरपालिका-९ वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ । मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर बेहोस अवस्थामा रहेको गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।








