भुकम्प पीडितलाई ट्याक्सी नम्बर वितरण गरिँदै

असार २ । काठमाडौं, भुकम्प गएको २ वर्ष पछि सरकारले भूकम्पपीडित परिवारलाई ट्याक्सी नम्बर वितरण गर्दैछ । ०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई ट्याक्सी वितरण गर्ने निर्णय गरे पनि मन्त्रालय तथा विभागको प्रविधिक तयारीको ढिलाइ र निर्कावाचनका कारण ट्याक्सी नम्बर वितरण प्रक्रिया चैत, वैशाख, जेठ हुँदै असारसम्म अाइपुगेको हो । कार्यलयले असार ७ गतेदेखि ९ गतेसम्म गोलाप्रथा गरी ट्याक्सी वितरण गर्न लागेको हो । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडित परिवारलाई एक हजार पाँच सय ट्याक्सी नम्बर उपलब्ध गराउने भनिएपनि एक लाख ४९ हजार आवेदन परेपछि विभागले गोलाप्रथाद्वारा वितरण गर्न लागेको हो ।

ट्याक्सी नम्बर वितरण प्रणाली सहज बनाउन सरकारले माग गरेको १५ सय संख्याले आवेदन परेको १ लाख ४९ हजार ५ सय संख्यालाई भाग गरी आएको भागफललाई प्रत्येक जिल्लाको छुट्टाछुट्टै माग संख्याले गुणन गरी आएको उत्तर बराबरका ट्याक्सी नम्बरहरू प्रत्येक जिल्लाको भागमा बाडिनेछन् । १४ जिल्लाका भूकम्पपीडितलाई छुट्टाछुट्टै मितिमा ट्याक्सी नम्बर  वितरण गरिने छ ।

काभ्रेपलाञ्चोक, नुवाकोट र रामेछापमा ४ सय ९१ वटा ट्याक्सी नम्बर असार ७ गते, दोलखा, सिन्धुली र सिन्धुपाल्चोकमा ५ सय १३ वटा ट्याक्सी नम्बर  ८ गते र काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवामा ४ सय ९६ वटा ट्याक्सी नम्बर  ९ गते बितरण गर्न लागीएको छ । सरकारले २०७२ को भुकम्प प्रभावित क्षेत्रका भुकम्प पीडितका लागि १५ सय नयाँ ट्याक्सीका लागी आवेदन माग गरेको थियो ।

सम्बन्धित शिर्षकहरु