टर्की र ग्रीस सिमानामा मच्चियो भूकम्प

२९ जेठ । टर्कीको पश्चिमी क्षेत्र एजिएन, ग्रिसको लेसबस र चिओसमा सोमबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जना घाइते भएका छन् । ग्रिक सरकारी टेलिभिजन इआरटीले जनाएअनुशार ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।  एक सरकारी अधिकारीले स्थानीय एक टेलिभिजनलाइ बताएअनुशार दर्जनौ घरहरु भत्किनुका साथै गाँउका सडकहरु पनि चिराचिरा परेका छन् । अपाङगता भएका र महिलाहरुलाई उद्धारमा पहिलो प्राथमिकता दिई उद्धारको काम भइरहेको छ । एएफपी

सम्बन्धित शिर्षकहरु