ट्राफिक व्यवस्था सुद्रिढ बन्दै

काठमाडौं, जेठ २७— केही महिना अघी देखी ट्राफिक व्यवस्था सुद्रिढ गर्ने क्रममा व्यवस्थापिका संसदको विकास समितिले उपत्यकाभित्रका सडकको अवस्था सुधारका लागि कम्तीमा प्रत्येक १ सय २० मिटरको दूरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले  एक साताभित्र मापदण्ड बनाई बनाउनुका साथै १५ दिनभित्र जेब्रा क्रसिङ बनाउन  निर्देशन दिएको  छ ।

साथै समितिले गति निर्धारण चिन्ह, लेन लाइन, चढ्ने आराल्ने चिन्ह, ब्लाक स्पटलगायतका ट्राफिक चिन्ह समेत आगामी २ महिनाभित्र राखिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र ट्राफिक व्यवस्थापन महाशाखालगायतलाई निर्देशन दिएको छ । सडक पेटी तथा पुलका खुद्रा व्यापार, सामान प्रदर्शन, चटक देखाउने, फोहोर फाल्ने, छाडा चौपाया छोड्ने लगायतका गतिविधि रोक्न पनि समितिले निर्देशन दिएको छ । बढ्दो ट्राफिक दुर्घटनालाई मध्यनजर गर्दै व्यवस्थापिका संसदको विकास समितिले यस प्रकारको निर्देशन दिएको बताईएको छ ।

सम्बन्धित शिर्षकहरु