
काठमाडौं । काठमाठौं महानगरपालिका–३० डिल्लीबजारस्थित हिमालय बैकंको एटीएम बक्स तोडफोड गर्ने कार्यमा संलग्न कंचनपुर भिमदत्त नगरपालिका–१ घर भएका १८ बर्षीय कमल ठगुनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगुनासहितका २ जनाले गएराति एटीएमको लाईट र सिसिटिभी निकाली एटिएम बक्स फोड्नेक्रममा बैंकको सेक्युरिटी गार्डले देखी तत्काल प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले ठगुनालाई पक्राउ गरेको हो ।
फरार अर्का व्यक्तिको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।








