जेठ २ ।रसुवा,गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका कैसाङनुर्पु तामाङ विजयी हुनुभएको छ । उहाले एक हजार ८२८ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा एमाले कार्गेल्मो श्रेष्ठ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गर्नुभएको थियो का
छवटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।अन्य चार गाउँपालिकाको मतगणना कार्य जारी रहेको छ ।








