‘पर्यटन हव’ बन्दै रत्ननगर

रत्ननगर ९चितवन०, २० वैशाख ( चितवनको रत्ननगर नगरपालिकाका उम्मेदवारहरुले रत्ननगरलाई ‘पर्यटन हव’को रुपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । नेपालकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा चिनिएको सौराहा पनि रत्ननगरमा जोडिएकाले उनीहरुले समग्र रत्ननगरलाई नै जोडेर पर्यटकीय क्षेत्र बनाइने उल्लेख गरेका हुन् ।

रत्ननगर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए संगै नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपममा चिनिएको रत्ननगरको सौराहालाई दोस्रो स्थानमा उकास्न येस छेत्रमा बिकासका पूर्वाधारहरु निर्माण गर्ने अठोट मुख्य राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख उम्मेदवारहरुले गरेका छन् ।रत्ननगरको प्रमुखमा काँग्रेसको तर्फबाट नगर सभापति रुपनराज घिमिरे, एमालेबाट नारायण वन र माओवादी केन्द्रको तर्फबाट पूर्णबहादुर अम्गाईंको उम्मेदवारी दर्ता गरिएको छ ।

चुनाव प्रचारप्रसारमा रहनुभएका काँग्रेस रत्ननगरको प्रमुखका उम्मेदवार रुपनराज घिमिरेले आफ्नो घोषणापत्रमा सौराहालाई तेस्रो पर्यटन गन्तव्यबाट दोस्रोमा उकास्ने घोषणापत्रमा राखिएको बताउनुभएको छ ।पर्यटन विकासका लागि भरतपुर– पोखरा हवाइ उडानको व्यवस्था हुनुपर्ने भएकाले रत्ननगरको समग्र विकासका लागि राष्ट्रिय रणनीति बनाउने आफुहरुको योजना भएको समेत घिमिरेले बताउनुभयो ।

नेकपा एमालेको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दिनुभएका भएका नारायण वनले उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा रत्ननगरलाई चिनाउने योजना आफ्नो रहेको र यसका लागि आवश्यक पूर्वाधारमा जोड दिने बताउनुभयो ।उहाँले बताउनुभए अनुसार वन्यजन्तु र मानवद्वन्द्व व्यवस्थापन, भएका स्रोत साधनको भरपुर उपयोग गर्दै पूर्वाधार निर्माण, रत्ननगर अस्पतालको स्तरोन्नति, प्रविधिको प्रयोग, रङ्गशाला तथा सिटी हल निर्माण, फोहर तथा सुकुम्वासी समस्या समाधान, ग्रिनरीलगायतको काममा जोड दिइने छ ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएका पूर्णबहादुर अम्गाईं ‘सुवोध’ले पर्यटन हवको रुपमा समग्र रत्ननगरलाई नै विकास गरिने योजना घोषणापत्रमा उल्लेख गरिएको बताउनुभयो । चुनावी प्रचारप्रसारका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै अम्गाईंले “पर्यटन पूर्वाधार विकाससँगै, आवास व्यवस्थापन, समृद्धि सहर, बसपार्क, उद्यान, रङ्गशाला बनाउने आफुहरुको योजना रहेको बताउनुभयो ।अम्गाईंले बताउनुभए अनुसार शैक्षिक परियोजना, अस्पतालको स्तरोन्नति, युवालाई सहुलियतमा ऋण, गरिब र बेरोजगारका लागि सीपमूलक तालिमको व्यवस्था गर्दै विज्ञ र नगरवासीको सहयोगमा वैज्ञानिक भू–उपयोग परियोजना ल्याउने उदेश्य रहेको छ । नेपालकै मुख्य पर्यटन क्षेत्र सौराहा चितवनमा आएका पर्यटकमध्ये अधिकांशको आकर्षक गन्तव्य भएकाले चितवन निकुञ्ज घुम्ने ८० प्रतिशत पर्यटक रत्ननगर हुँदै जाने गर्छन् ।

रत्ननगरको प्रमुखमा १२ जनाको र उपप्रमुखमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य तीन ठूला दलसहित यहाँ राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, नेकपा माले, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति नेपाल, जनजागरण पार्टी, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ ।

सम्बन्धित शिर्षकहरु