तिलोत्तमामा सामुहिक हत्या गर्ने युवक पक्राउ

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोदालो प्रहार गरेर पाँचजनाको हत्या गर्ने युवक पक्राउमा परेका छन ।

तिलोत्तमा-१० को कान्छीबजारस्थित मैनहवा गाउँमा गाँउमा रहेको गंगादेवी पशु फार्ममा सँगै काम गर्ने साथीहरुको हत्या गरेर फरार भएका सुर्खेतका झपेन्द्र सिंह सिंजालीलाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीय कृष्ण बहादुर पुनको पशुफार्ममा काम गर्दै आएका सिंजालीले कोदालो प्रहार गर्दा चार जनाको घटना स्थमै र एक जनाको उपचारको क्रममा घटना स्थलमै मृत्‍यु भएको हो ।

मदिरा सेवान गरेका सिंजालीले उनिहरुको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गरिएकाहरुमा आषिश चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् । तिलोत्तमा नगरपालिकाको कान्छीबजारस्थित मैनहवा गाउँमा आफ्नै साथीले पाँचजनाको हत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले हत्यामा संलग्नताको आशंका गरिएका युवकलाई पक्राउ गरिएको जानकारी दिए ।

हत्या गरिएका ५ जना पनि झपेन्द्रसँगै सोही पशु फार्ममा काम गर्दैै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु