झापा, २ जेठ – हिजो दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमकका एक नापी कार्यालय कर्मचारीलाई छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुशार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको हो ।
रु ३० हजारमा हुने कामका लागि उनले छ लाख ८० हजार रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताउनुभयो ।
मण्डललाई हिजो दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो ।








