प्रधानन्यायाधीश कार्कीलाई काममा फर्काउन सर्वोच्चको आदेश

वैशाख २२ ।काठमाडौँ, सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई आजैदेखि काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।कार्की बिरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखेर काम गर्न दिन सर्वोच्चले आदेश दिएको हो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको मानेको थियो ।

तर पनि त्यसको आधार स्पष्ट नभएको र संविधानको मर्म तथा भावनाअनुकूल नभएको कुरा शुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङ्गो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राखी आजकै मितिबाट काम गर्न दिनू भनी व्यस्थापिका संसदको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

सम्बन्धित शिर्षकहरु