काठमाडौं, २१ वैशाख– काठमाडौं महानगर र यसका सीमान्त क्षेत्रमा रहेका मानिसहरुको दुःख, पीडाका कथामा आधारित चलचित्र बन्ने भएको छ । ‘महानगर’ नामक सो चलचित्र डकुमेन्ट्रीका निर्देशक मोहन राईको लेखन तथा निर्देशन बन्न लागेको हो ।
चलचित्रमा मेनुका प्रधान र कर्मा शाक्यको मूख्य भूमिका रहने छ । आउँदो सातादेखि सुटिङ सुरु हुदैंछ । ‘मानिस–मानिसबीच हुन सक्ने संवाद र प्रेम अनि हरेक निराशाबीच पनि पलाउन सक्ने आशाको कथालाई चलचित्रले समेट्नेछ,’ निर्देशक राईले भने ।
गोविन्द पराजुली कार्यकारी निर्माता रहेको चलचित्रमा रेणुका कार्की ‘कास्टिङ डाइरेक्टर’ रहेकी छन् । माउन्टेन रिभर र मिडलवे फिल्मस्ले संयुक्त रुपमा निर्माण गर्न लागेको यो चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्दैछन् ।








