दार्चुलामा पहिरो,बाबु र छोराको मृत्‍यु,आमा घाइते

काठमाडौं । देशभर बर्षा सुरु भएसँगै देशका विभिन्न स्थानमा पहिरो जाने क्रम सुरु भएको छ । त्यसैगरी दार्चुलामा पनि पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको ज्यान गएको छ ।
जिल्लाको नौगाड गाउँपालिकामा गएको पहिरोमा पुरिएर बाबु छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमाथि रहेको स्थानीय लघु जलविद्युतको नहर भत्किँदा खसेको पहिरोमा पुरिएर नौगाड ४ होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको हो ।

त्यस्तै पहिरोमा परेर अन्य ६ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा मृतककी श्रीमती चनमति महता पनि रहेकी छिन । उनलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।

पहिरोमा परेर स्थानीय अमर महता र गुमुवा महताको घर पुरिएको छ ।

सम्बन्धित शिर्षकहरु