नगरपालिका र गाउँपालिकामा लगाइएको तालाबन्दी खोलियो

राजविराज, १४ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ ।

स्थानीय तह पुनर्संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डल अनुरागले बताउनुभयो ।

त्यस्तै, सरकारले कुनै कारणवश पुनः बेइमानी गरेमा मोर्चाले तालाबन्दीभन्दा पनि सशक्त आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मोर्चा, सप्तरीका संयोजक दिनेशकुमार यादवले विज्ञप्तिमार्फत चेतावनी दिएका छन्।

सरकारले जनसङ्ख्याका आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय तहको पुनर्संरचना गरी सङ्घीयतालाई नै खतम गर्ने खेलमा लागेको भन्दै मोर्चाले सप्तरीका सबै स्थानीय निकायअन्तर्गतका नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा गत चैत ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

सम्बन्धित शिर्षकहरु