
काठमाडौं, ११ वैशाख–नायिका प्रियंका कार्कीसँगको प्रेम र रोमान्सका कारण पछिल्लो समय चर्चामा रहेका नायक आयुष्मान देशराज जोशी अभिनित नयाँ म्यूजिक भिडियो रिलिज भएको छ । सो भिडियोमा जोशीले प्रियंकासँग नभई मोडल तनुजा गुरुङसँग रोमान्स गरिरहेका छन् ।
‘तिम्रो आँखामा’ बोलको गीतमा आयुष्मानले गुरुङसँग रोमान्स गरेका हुन् । सागर राज र जय मल्लको स्वर, शब्द तथा संगीत रहेको छ । सो भिडियोको निर्देशन सागर राजले गरेका हुन् ।
सो भिडियोमा अनिल कुमार मानन्धरको छायाँकन र कृष्ण पाण्डेको सम्पादन रहेको छ । भिडियोलाई जय मल्ल र नविन मल्ल निर्माण गरेका हुन् ।









