निर्धारित समयमा चुनाव हुन्छ : मन्त्री महत

काठमाडौँ, २१ चैत । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको चुनाव निर्धारित समयमा हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन्।

नेवि सङ्घले आज यहाँ आयोजना गरेको ‘बलियो लोकतन्त्रका लागि सचेत युवा’ प्रशिक्षणात्मक अन्तक्र्रिया कार्यक्रममा उनले चुनावका लागि मतदाता नामावली, मतपत्र छपाइलगायतका भइरहेका तयारीले निर्वाचन समयमा नै हुने बताए ।

उनले स्थानीय तहमा पार्टीलाई जिताउन जनताको सेवाको भवनालाई केन्द्रमा राखेर कार्य गर्न विभिन्न भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले नेपाली कांग्रेसले सङ्घीय गणतन्त्र र आर्थिक तथा सामाजिक रुपान्तरणको कार्यक्रम लिएर चुनावमा जानुपर्ने बताउँदै पार्टीको रणनीति तथा राष्ट्रियता आदर्श भएकाले मुलुकमा गम्भीर अवस्था आएमा आदर्शको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देशमा प्रजातन्त्र स्थापनाका लागि पार्टीले लामो सङ्घर्ष गरेको बताउँदै अब पनि देश र जनताको अधिकारका लागि सो पार्टीलाई स्थापित गर्नुपर्ने बताए ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिलाई जोगाउन निर्धारित समयमा चुनाव गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित शिर्षकहरु