महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अस्ट्रेलियाको विभिन्न स्थानहरुमा छायांकन गरिएको “सुपारी काचो”नामक लोकदोहोरी गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। आफ्नो कलालाई नेपाली लोकदोहोरी गीत मार्फत देखाउंदै आएका मोडल तथा म्युजिक भिडियो निर्देशक विजय थापाले अष्ट्रेलियामा पनि आफ्नो कला देखाए।क्याम्पस पढ्न आउनी,भन्ने लोक दोहोरीबाट चर्चा कमाएका थापाले थूप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरेका छन। असनेपालन्युजसंगको एक छोटो कुराकानीमा थापाले भने अष्ट्रेलियामा पनि थूप्रै नेपालीहरु लोकदोहोरी प्रति आकर्षित भएको देख्दा आफुलाई अत्यन्तै खुशि लागेको बताए। उनले भने अष्ट्रेलियामा रहेका नेपाली समुदाय संगै नेपाली लोकदोहोरिमै आफ्नो कला देखाउन पाउंदा अत्यन्तै हर्षित भएको बताए।
“सुपारी काचो”नामक म्युजीक भिडियोमा गायक तथा सर्जक तेजस रेग्मी र गायिका दुर्गा सापकोटाले स्वर भरेका छन भने सो गीतलाई गायिका दुर्गा सापकोटा र मोडल पबित्र न्यौपानेले संयुक्त रुपमा बजारमा ल्याएका हुन्। मोडल विजय थापा, पबित्र न्यौपाने र ऋषि कडेलको अभिनय रहेको सो म्युजिक भिडियोमा बिजय थापाको निर्देशन नमित चन्द ठकुरिको छायान्कन , अमर शाक्यको सम्पादन रहेको छ।यो गीतलाई कामना डिजिटल प्रा.लि ले बजारमा ल्याएको हो।








