अब राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट अनिवार्य

काठमाडौँ, ९ चैत । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले दलबीच लामो समयदेखि छिनोफानौ हुन नसकेको न्यूनतम मतसीमा ९थ्रेसहोल्ड० को विषयलाई बहुमतका आधारमा अघि बढाएको छ ।

राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न निश्चित मत प्राप्त गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दलबीच लामो समयदेखि गम्भीर मतभेद रहँदै आएको थियो ।

समितिले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने विषयलाई बहुमतका आधारमा अघि बढाएको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र० र राप्रपाले कम्तीमा पनि ३ प्रतिशत मतसीमा राख्नुपर्ने अडान राख्दै आएका थिए भने साना दलले त्यसप्रति असहमति जनाइरहेका थिए ।

समितिमा हुँदै आएको लामो बहस, सघन छलफल र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समितिले थ्रेसहोल्डको विषयलाई टुङ्ग्याएको हो । राष्ट्रिय दलका रुपमा मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा कुल खसेको सदर मतमध्ये ३ प्रतिशत र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एक सिट ल्याउनैपर्ने प्रावधानप्रति नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय जनजागरण पार्टी लगायतका साना दलले भने असहमति जनाएका छन् ।

सम्बन्धित शिर्षकहरु


  • म्याग्दीको भकिम्ली गाविस–५ राखुका सुन्तला सङ्कलन गरेर बजार लैजाने तयारी गर्दै कृषक । यसवर्ष सुन्तलाको बिक्री […]

  • महाकवी लक्ष्मीप्रसाद देवकोटा द्वारा लिखित महाकव्य मुनामदनको राष्ट्रिय नाचघर जमलमा गीतिनाटक प्रस्तुत गर्दै […]

  • अपाङ्गताको कारण आफ्नै घरमा थलिएर बसेका इलाम फूएतप्पा गाविसका एक व्यक्ति । उनको टाउको बाहेक शरीरका अन्य […]
  • युरो कप फुटबल: नकआउट चरणका खेल आजदेखि, कसको भिडन्त को सँग ?युरो कप फुटबल: नकआउट चरणका खेल आजदेखि, कसको भिडन्त को सँग ?
    काठमाडौं । युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् । नकआउट चरण अन्तर्गत आज राति दुई खेल […]
  • दुई महिलाले सघाए भूकम्पपीडितलाईदुई महिलाले सघाए भूकम्पपीडितलाई
    पोखरा। पोखराका दुई समाजसेवी महिलाले रु २० लाख ७० हजार ९१३ सङ्कलन गरी भूकम्पपीडितलाई वितरण गरेका छन् […]
  • ठूला मुुद्दा जो अझै टुंगो लागेका छैनन्, यी हुन् हाइप्रोफाइल मुद्धाठूला मुुद्दा जो अझै टुंगो लागेका छैनन्, यी हुन् हाइप्रोफाइल मुद्धा
    काठमाडौं । सर्वोच्च अदालतमा धेरै मुद्दामा अन्तरिम आदेश जारी हुने र लामो समयसम्म पेसी नचढ्ने समस्या छ । […]