सगुनको सेयर निस्कासन मार्च २७ बाट बन्द हुने

अमेरिका र युरोपबाट धेरै लगानी जम्मा
काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्स नेटवर्क कम्पनी सगुनले सर्बसाधारणका लागि निस्कासन गरेको मिनी आइपिओ आगामी मार्च २७ देखि बन्द गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार सगुनको मिनी आइपिओ खुले यता सेयरका लागि १ हजार ७ सय जनाभन्दा बढीले करिव २० लाख डलर बराबरको सेयरका लागि आवेदन गरेका छन् । कम्पनीको सेयरमा आवेदन गर्नेहरु अरु ४ हजारभन्दा बढी छन् । उनीहरुको आवेदन अपुरो रहेकाले स्वीकृत गर्न नसकिएको सगुनले जनाएको छ ।

सगुनले अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको बताएको छ । कम्पनीले फेब्रुअरी ९ देखि सर्बसाधारणका लागि सेयर निस्कासन गरेको हो । सगुनले विश्वब्यापी रुपमा उत्साहजनक लगानीकर्ताको सहभागिता देखिएको बताएको छ ।
सगुनले सर्बसाधारणलाई निस्कासन गरेको सेयर बन्द गरेपछि संस्थागत लगानीकर्ताका लागि मात्रै निस्कासन गर्ने छ । त्यसपछि सर्बसाधारण सेयरधनीले लगानी गर्ने अबसर नपाउने सगुनले जनाएको छ ।

ग्लोबल सेयर मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेको पहिलो पटक हो । यसक्रममा प्रवासमा रहेका हरेक नेपालीले सगुनमा लगानी गर्ने अभूतपूर्व अबसर पाएका छन् । सगुनमा लगानी गर्न सर्वसाधारण लगानीकर्ताहरुलाई मार्च २७ भित्र सम्मको अवसर रहेको छ । यसभित्र आवेदन नगरे सगुनको सेयरमा लगानी गर्ने अबसर गुम्ने छ । सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा गरिसकेकाले नेपालमा विदेशी लगानी ल्याउने यो ठूलो अबसर हो ।

सगुनले भर्खरै अमेरिकाको जब्स एक्ट अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको थियो । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।

अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी सगुनले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलप र प्रोमोसनमा लागिरहेको छ । सर्बसाधारणका लागि मिनी आइपिओको निस्कासन चरण सकिएपछि सगुन आफ्ना प्रोडक्ट डेभलपमा लाग्ने सगुन इन्डियाका स्वाती दयालले जानकारी दिइन । ु हाम्रो पाइपलाइनमा धेरै प्रोडक्ट छन्, उनले भनिन, तिनलाई युजरसम्म पुर्याउन अब हामी सबै क्षमता प्रयोग गर्ने छौं ।’ सगुनले मोवाइल एप बजारमा ल्याउने तयारी गरेको छ । उसले सुरुमा एन्ड्रोइड प्लेटफर्ममा एप ल्याउने तयारी गरेको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले एप डेभपको काम ५० प्रतिशत सकिएको बताएका छन् । ु हामी जुन जुलाइसम्ममा सगुनको मोवाइल एप बजारमा ल्याउने छौं, ’ उनले भने । एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने सगुनले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ ब्यवसायिक योजना सार्बजनिक गरेको छ ।

स्टार्ट अप कम्पनी भनेको भोलि राम्रो विस्तार हुन सक्ने सम्भावना भएको कम्पनीको सुरुआतको स्टेज हो । अहिलेको सगुनको अबस्था आजभन्दा १० बर्षअघि अहिलेको चर्चित कम्पनी फेसबुकको थियो । लगानी जुटाउन त्यति बेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्नु परेको थियो । त्यतिखेर सर्बसाधारणलाई त्यस्ता कम्पनीमा लगानी गर्न पाउने कानुन थिएन । त्यसैले ठूला लगानीकर्ताहरुले फेसबुकमा त्यतिखेर गरेको लगानीबाट १ हजार २ सय गुणा कमाइ गरिसकेका छन् । अहिले दोस्रो बजारमा फेुसबुकको सेयर किन्न चाहनेहरुले त्यही बढेको मूल्य तिर्नुपर्छ । अहिले किनेको सेयरले त्यति प्रतिफल दिने कल्पना गर्नै सकिन्न । त्यसको बजार विस्तारको सीमा निकै साँघुरो भइसकेको छ । सगुनमा अहिले लगानी गर्दा भोलि यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन् ।

सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न नसकिने सगुन नेपालका सञ्चार तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले बताए । नेपालको कानुनले विदेशमा लगानी लैजान रोक लगाएको छ । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ । सगुन डटकमरइन्भेस्टमा दिइएको फर्म भरेर सगुनको सेयरमा लगानी गर्न सकिन्छ । अमेरिकामा रहेकाहरुले विद्युतीय माध्यमबाट रकम तिर्न सक्नेछन् । अमेरिका बाहिर बसोबास गर्नेहरुले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्छन् । लगानीकर्ताले किनबेच विवरणपत्र र सेयर दलाल कम्पनीको बैंक खाताको विवरण स्थानीय बैंकलाई उपलब्ध गराएपछि स्थानीय बैंकले रकम पठाइ दिन्छ ।

सम्बन्धित शिर्षकहरु