महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
अन्तराष्ट्रिय नारी दिवस २०१७ को अवसरमा ‘एनआनएनए उमन फ़ोरम ‘ नारी निकुञ्ज अस्ट्रेलियाले सिड्नीमा “आर्ट अफ लिभिङ्ग वोर्कसप” कार्यक्रम गर्ने भएको छ। जस अन्तर्गत योग ध्यान तथा जीवन परिवर्तनको निम्ती उत्प्रेरणा प्रदान गर्ने एक जीवनउपयोगि कार्यक्रम हुनेछ। योग तथा अध्यत्मिक गुरु आचार्य राजन शर्माको विशेष प्रस्तुती रहने सो कार्यक्रममा महिलाका सम्बन्धित रोग निवारण गर्ने विभिन्न वैज्ञानिक योगका सुत्रहरू , खुशी रहने कला लगायतका विभिन्न प्राकृतिक उपचारका सरल उपायहरूको बारेमा गुरु राजनले उत्प्रेणात्मक प्रस्तुती दिनुहुनेछ।सिड्नी वर पर रहनुहुने दिदी बहीनीहरुले सो कार्यक्रमबाट लाभ लिन सक्नुहुनेछ।सो कार्यक्रम १२ मार्चका २०१७ आईतबार दिउसो 3:30 बजे देखि 6:30 बजे सम्म हुने छ।निशुल्क प्रवेश रहने सो कार्यक्रम ९१ गुड स्ट्रिट ग्रेनभिलमा हुनेछ। कार्यक्रममा बिशेष अथितिको रुपमा स्मृती बैध्यालाई निम्त्याइएको छ।
अनेक युगका परीक्षणको भट्टीमा खारीएका योग विज्ञाका सरल सुत्रले तपाईंलाई वर्षौं देखिको रोग , चिन्ता र तनाव मुक्त बनाईदिन सक्छ । लाखौंं खर्चेर पनि प्राप्त नहुने मानसिक शान्ति , दुर्लभ प्राकृतिक उपचारका वैज्ञानिक विधि सँग अस्ट्रेलियामा बसेरै लाभ लिन सक्ने उत्तम अवसरलाई नारी निकुन्जले जुटाईदिएको छ । योग सिकाउने मात्र हैन , योग शिक्षीका बनाउने अभीयान सो कार्यक्रममा थालीने छ । आयोजकले भनेको छ ” तपाईं छुट्नु भयो भने ठुलो विस्मत हुन सक्छ , सहभागी हुनु भयो भने तपाईंको परिवार मात्र हैन ,सिङ्गै समाजले एउटा सन्तुलित र सुखी नारी पाउन सक्ने छ । जीवन बदल्न स्थान , परिवेश र अनुकुल समय, फुर्सद हैन, केवल मन भए पुग्छ । संसारका महिलाहरूले विभिन्न शहरमा लाभ लीईरहेका छन् अब तपाईंको पालो ।’ उत्प्रेरणा जगाउने प्रवचन , उपचारका योग आसन , तनाव निर्मुल पार्ने ध्यान, हांस्य चिकित्सा , सङीतमय योग ,आत्मरन्जन गराउंने दिव्य नांच , स्वादिष्ट भोजन ,कार्यक्रम सो शिविरका आकार्षण हुने निकुन्जका पदा धिकारीहरू श्रीजना सङ्रौला तथा प्रतिज्ञा अधिकारीले असनेपाल न्युजलाई बताईन ।
विस्तृत जानकारीका लागि :
सिर्जना ०४२४ ८०२ ९२३
दीपा ०४०३ ६१५ ७१८
सन्ध्या ०४१५ ७९० ८३४ लाई फोन सम्पर्क गर्न सकिनेछ।
The Art of Happiness










