फिल्ममा ‘कान्छी’ बन्दै श्वेता

काठमाडौं । अभिनेत्री श्वेता खड्का ‘कान्छी’ बन्ने भएकी छिन्। श्वेताले आफ्नो होम प्रोडक्नमा कान्छी नामक फिल्म निर्माणको तयारी गरेकी छिन्। स्व।अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता ०७१ को सुपटहिट फिल्म कोहिनुरपछि पर्दामा देखिएकी छैनन्।

पति श्रीकृष्णको असामयिक निधनले लामो समय पीडामा रहेकी श्वेता अब भने फिल्म निर्माण र अभिनयमा फकिँदै छिन्।

फिल्ममा श्वेता शीर्ष भूमिका रहने निर्देशक आकाश अधिकारीले जानकारी दिए। निर्देशक आकाशले कान्छीको सुटिङ जेठ दोस्रो सातादेखि सुरु हुने बताए।

सम्बन्धित शिर्षकहरु