काठमाडौं । रणवीर कपुरको संजय दत्त बायोपिक जसरी अघि बढिरहेको छ । त्यसरी नै बिस्तारै बिस्तारै यो चलचित्रमा उत्सुकता बढ्दै गइरहेको छ । अहिले भने चलचित्रको मुख्य कलाकार पनि फाइनल भइसकेका छन् । र, रिलिजको मिति पनि फाइनल भइसकेको छ ।
रणवीर कपुर पनि संजय दत्त बायोपिकमाथि काम तीव्र गतिमा गरिरहेका छन् । कम्तीमा पनि प्रत्येक दिन चलचित्रसँग जोडिएका अपडेट आइरहेका छन् । अबभने, रणवीर कपुर आफ्नो बढेको तौलमा देखिन थालेका छन् । यही नै चलचित्रको मुख्य ‘कास्ट’ पनि हो ।
फिल्मीबिटका अनुसार चलचित्रमा मनिषा कोइराला, संजय दत्तकी आमा नरगिसको भूमिकामा देखिनेछिन् भने सुनिल दत्तको भूमिकामा परेश रावल फाइनल भइसकेका छन् ।
यसबाहेक चलचित्रमा दिया मिर्जा, सोनम कपुर र अनुष्का शर्मा पनि देखिनेछन् । चलचित्र क्षेत्रमा यो वर्षकै सबैभन्दा ठूलो प्रतिस्पर्धा हुँदैछ । किनभने, यो चलचित्रले सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’ को सामना गर्दैछ । अर्थात् भारतीय सिनेमा उद्योगमा यी दुई चलचित्र एकै साथ रिलिज हुँदैछन् ।
कुरा गरौं, मनिषा कोइरालाको । मनिषा कोइराला चलचित्रमा जोडिएपछि यस चलचित्रका बारे त्यति नै बढि उत्सुकता पनि थपिएको छ । बलिउडको त्यो वर्ष कसैले पनि भुल्न सक्दैन जब चलचित्र ‘हम आपके हैं कौन’ आएको थियो ।
त्यही वर्ष यस चलचित्रसँग कडा प्रतिस्पर्धा गर्ने अर्को चलचित्र सन १९४२ मा ‘अ लभ स्टोरी’ आएको थियो । यही चलचित्रकी हिरोइन मनिषा कोइरालासँग अनिल कपुरको जादू दर्शकले हेरेका थिए । स्मरणीय कुरा, सन् १९४२ को ‘अ लभ स्टोरी’, ‘क्रिमिनल’, ‘बम्बे’ जस्ता चलचित्रबाट मनिषा कोइरालाले बलिउडमा आफ्नो अमिट छाप छाडेकी थिइन् ।
तर, एउटा त्यस्तै क्रम आयो जब खानहरूसँग उनको चलचित्रले बक्सअफिसमा राम्रो गर्न सकेन । अब भने, मनिषा कोइरालालाई पर्दामा फर्किएको देख्नु अत्यन्तै रोमाञ्चक हुनेछ । मनिषा कोइरालाले संजय दत्तसँग पनि कैयौँ चलचित्रहरूमा काम गरेकी छन् ।
राजकुमार हिरानीका अनुसार यो भूमिका गर्नसक्नेको सूचीमा थुप्रै नाम थियो । तर, अचानक मनिषाले अत्यन्त राम्रो गर्न सक्छिन् । उनले भन्दा राम्रो अरुले गर्न सक्दैन किनकि उनले आफैँ पनि क्यान्सरसँग लडाइ गरिसकेकी छिन् ।
सुपरस्टारडमको समयमा मनिषा कोइरालाले आफ्नो शानदार समय देखिसकेकी छन् । एक समय यस्तो थियो, मनिषाको प्रत्येक फिल्म सुपरहिट हुन्थ्यो । र, मनिषाले जुन भूमिका निर्वाह गर्थिन् अभिनेत्री त्यही फिल्म गर्न चाहन्थे ।
नेपाली चेली मनिषा कोइरालाले हिन्दीमात्र नभएर तमिल चलचित्रमा पनि काम गरेकी छन् । ऐश्वर्या रायले समेत मनिषा कोइरालाले गरेको चलचित्रबाट इष्र्या लाग्ने बताएकी थिइन् ।
उनले भनेकी थिइन्, “मलाई कहिँ इष्र्या छ भने त्यो ‘खामोशी द म्युजिकल’ गर्न नपाएकै थियो ।”
मनिषा कोइरालाले प्रत्येक चलचित्रमा छुट्टाछुट्टै भूमिका निर्वाह गरेकी छन् । मनिषाको अभिनय र मुस्कानका कारण दर्शकहरू मोहित थिए । जुन तरिकाले उनी अगाडि बढिन् र जुन परिवारबाट आइन् । यो जस्तै सजिलो र सहज मनिषाको जीवन रहेन । करियरमा उतारचढाव आयो । चलचित्रबाहेक उनको निजी जीवन अत्यन्त उतारचढावमा रह्यो ।
मनिषाले सलमान, शाहरुख, आमिर, गोविन्दा, संजय दत्तजस्ता स्टारहरूसँग काम गरिन् । मनिषा आफ्नो कामभन्दा बढी निजी जिन्दगीदेखि बढी चिनिन् थालिन् ।
मनिषा कोइरालाको जीवनमा कठिन मोड त्यसबेला आयो जब उनलाई ओभेरियन क्यान्सर भयो । अब, मनिषा कोइरालाले क्यान्सरमाथि पनि विजय हाँसिल गरिसकेकी छन् । उनी लामो उपचारका क्रममा थिइन् ।
सन् २०१२ पछि ०१५ मा मनिषा पुनः चलचित्रमा फर्किएकी थिइन् । मनिषा लगातार चलचित्रमा गरिरहेकी थिइन् तर सानो भूमिकामा मात्रै । १० वर्षपछि अब भने उनी ठूलो चलचित्रमा मुख्य भूमिकामा देखिनेछिन् ।








