महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
नेपाली भाषा र साहित्यलाई माया गरिरहन न भुगोलले छेक्छ न रोक्छ नै।यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ पश्चिम अस्ट्रेलियाको पहिलो प्रकाशित साहित्यिक पुस्तक “दिब्यदृष्टि” स्मारिका को बमोचन तथा साहित्यकार काशीराज पाण्डेको बिशेष एकल रचना वाचन कार्यक्रम पर्थमा सम्पन्न भएको छ।
लामो समय देखि सृजनात्मक साहित्य शिक्षण र लेखनमा सक्रिय रहनुभएका साहित्यकार पाण्डेले सो कार्यक्रममा थुप्रै कविता सुनाउनुभएको थियो ।अनेसासका केन्द्रिय सचिव तथा अनेसास पर्थ पश्चिम अस्ट्रेलियाका अध्यक्ष गणेश घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा “मित बा” नामक नाटक मञ्चन गरिएको थियो भने डिल्ली पराजुलीले काशीराज पाण्डेको राष्ट्रिय गीत गायन बाट थुप्रै दर्शकहरुलाई मन्त्रमुग्द बनाएका थिए। यस्तै कैलाश पाण्डे र हिमाल पाण्डेले सांगीतिक प्रस्तुती दिए भने सोहि कार्यक्रममा साहित्यकार काशीराज पाण्डेलाई सम्मान पत्र सहित अभिनन्दन गरिएको थियो।
सो कार्यक्रममा नेपाली मन्दिर पर्थका अध्यक्ष यादब शर्मा, नावाका उपाध्यक्ष तथा अनेसास ब्रिस्वेनका सस्थापक सदस्य डा. मणि पनेरु, एनआरएनए अस्ट्रेलिया राज थपलिया, नावाका भूतपूर्व अध्यक्ष केदार रिजाल,नावाका भूतपूर्व उपाध्यक्ष कुन्ता कोइराला,अगुवा महिला प्रतिनिधि अन्जु देवकोटा, साहित्यकार काशीराज पाण्डेकी धर्मपत्नी सावित्री पाण्डे,प्रोफेर पिटर,लगायतको उत्साहजनक सहभागिता रहेको थियो भने सबै अतीथीहरुलाई अनेसासकी सदस्य रिजा प्रधान, देवकी थानीले खादा तथा ब्याच वितरण गरेकि थिईन। उक्त कार्यक्रमका अध्यक्ष गणेश घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यबाद दिएका थिए। सो कार्यक्रमको संचालन रमन कार्कीले गरेका थिए।









