तीन ठूला दलले जनताका पक्षमा काम गर्न सकेनन् : बिजेक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तीन ठूला दलले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् ।

पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा सोमबार स्थानीय दत्तात्रयमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले अहिलेसम्म सत्तामा जाने सबै दल विदेशीकै इसारामा चलेकाले जनताका पक्षमा काम गर्न गर्न नसकेको टिप्पणी गरे ।

नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हस्तक्षेप हुँदै आएको बताउँदै सांसद बिजुक्छेले यसले नेपालको सार्वभौमिकतामाथि खतरापूर्ण स्थिति ल्याउने चेतावनी दिए ।

सो अवसरमा सांसद एवम् नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल, सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले देशलाई जोगाउन युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित शिर्षकहरु