महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले २०१७ जनवरी २४ तारिखका दिन एक्सपर्ट एजुकेशन एण्ड करिअर मेला २०१७ आयोजना गर्ने भएको छ । उच्च शिक्षाको लागि पछिल्लो समय अष्ट्रेलिया राम्रो गन्तब्य बनिरहेको वेला विद्यार्थिको हितको निम्ती यस बर्ष पनि करियर मेला २०१७ आयोजना गर्न लागिएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक सञ्जीव शर्माले हिजो गरिएको एक पत्रकार सम्मेलनमा बताउनुभयो।
सिड्नी स्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजकै कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा अष्ट्रेलियाका विश्वविद्यालय र शैक्षिक संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो। २४ जनवरि २०१७ मा गरिने उक्त मेलामा चार्ल्स स्टुड युनिभर्सिटी, वेष्टर्न सिड्नी युनिभर्सिटी, फ्लिण्डर्स युनिभर्सिटी, युनिभर्सिटी अफ साउदर्न क्वीन्सल्याण्ड, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, मक्वारी युनिभर्सिटी, सीक्यू युनिभर्सिटी, युटीएस ईनसर्च लगायतका विश्वविद्यालय र एनएस डब्लु टेफ अन्तर्गतको वेष्टर्न सिड्नी इन्सटिच्युट, अष्ट्रेलियन कलेज अफ बिजनेस इन्टेलिजेन्ट्स, होल्म्स इन्सटिच्युट, किङ्गस वन इन्सटिच्युट, एक्सेल्सिया लगायतका शैक्षिक संस्थाहरु सहभागिता रहने बताईएको छ।
निर्देशक सञ्जीव शर्माका अनुसार मेलामा प्रोफेसनल इयर पढाई, नाटी परीक्षाको जानकारी, पिटिई र आईएलटीएस परीक्षाको बारेमा जानकारी, ईन्टर्नशिप र करिअर काउन्सिलिंगका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट निःशुल्क परामर्श दिने व्यवस्था गरिएको जानकारी दिनुभयो।
अष्ट्रेलियामा नेपाली विद्यार्थिहरु र अन्य मुलुकका विद्यार्थिहरुलाई अत्यनतै राम्रो शैक्षिक परामर्श दिदैं आईरहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले गर्नलागेको उक्त मेलाबाट थूप्रै विद्यार्थिहरु लाभान्वित हुने बताईएको छ।








