रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

चितवन । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ ।

गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए। भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले बताए । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत् सर्ट भएको बताइएको छ ।

आगलागीपछि रेडियोको प्रसारण रातिदेखि नै बन्द भएको छ । ट्रान्समिटर र ब्याट्रीमा पनि असर गरेको भएमा करिब रु एक हजर चार सय १५ लाखको क्षति हुने देखिएको उनले बताए। प्रहरीका अनुसार दमकलसमेत पठाइएको भए पनि थप क्षति हुनबाट जोगाउन ग्यासबाट आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित शिर्षकहरु