चैत १९ । काठमाडौं, थाइल्याण्ड जेलबाट रिहा भएपछी पूर्व युवराज पारस शाह आज नेपाल र्फर्कनु भएको छ ।पारसलाई उहाका समर्थकहरुले माला र खाँदा सहित त्रिभुवन विमानस्थलमा स्वागत गरे ।पारसलाई लिन पूर्व राजपरिवारका सदस्यहरु भने कोही पनि विमानस्थल पुगेको देखिएन ।
पारसलाई स्वागत गर्न झण्डै एक घण्टा अघिदेखि नै काँधमा राष्ट्रिय झण्डा ओढेका उनका समर्थकहरुले हातमा माला र खादा बाकेका थिए ।
विमानस्थलको अतिविशिष्ट आगमन कक्षबाट बहिरिएका पारसलाई स्वागत गर्न बसेको समर्थकहरुले उनी बहिर निस्किना साथ राजतन्त्रको पक्षमा नाराबाजी गरे ।समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘पारस सरकार जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।
थाइल्याण्डमा रहँदा कुलतमा फसेर पटक पटक जेल सजायँ भोगेका समयको तस्वीरहरु भन्दा आज काठमाडौ आउँदा पारस फुर्तिलो देखिन्थ्यो ।
पारसलाई लिन सन्यासी जीवन विताएका पूर्व आईजीपी हेमबहादुर सिंहको छोरा बा ३ च ५४०६ नम्बरको मित्सुविसी कार लिएर विमानस्थलमा गएका थिए । पारसलाई स्वागत गर्न आएका उनका समर्थक तथा राजावादी कार्यकर्ताहरुले उनी चढेको गाडी घेरेर जयजयकार गरेका थिए ।
दुई घण्टाअघिदेखि नै विमानस्थलमा आएका उनीहरु साथीहरुसँगको भेटमा ‘जय शम्भो’ भन्दै थिए ।
पारसको स्वागतमा विमानस्थलमा झण्डै दुई सय जना सभ्य जमात मात्रै देखियो । उनीहरुले भिडमा राजावादी संघ संस्थाका पर्चाहरु समेत बाँडेका थिए । लागू औषधसहित थाइल्याण्डमा जेलमा पक्राउ पर्नु भएका पारस बैंककस्थित अपार्टमेन्ट धरौटीमा राखेर छुट्नु भएको हो ।








