चन्द्रौटा, २२ पुस । कपिलवस्तुको तौलिहवामा यही पुस २७ गते हुने विशाल जनसभालाई सम्बोधनका लागि केन्द्रीय नेताहरु कपिलवस्तु आउने भएका छन् ।
संयुक्त आन्दोलन संघर्ष समिति कपिलवस्तुको आयोजनमा तौलिहवामा हुने विशाल सभालाई सम्बोधनका लागि कपिलवस्तु आउने भएका हुन् ।
संयुक्त संघर्ष समिति कपिलवस्तुको गोरुसिंगेमा विहीबार सम्पन्न विस्तारित वैठकले नेपाली कांग्रेसको तर्फबाट चन्द्र भण्डारी, एमालेको तर्फबाट लालबाबु पण्डित, मालेको तर्फबाट शिवचन्द्र चौधरी र जनमोर्चाको तर्फबाट बद्री आलमलाई बोलाउने वैठकले निर्णय गरेको संघर्ष समितिका संयोजक झविलाल पोख्रेलले जानकारी दिए ।
वैठकले आन्दोलनमा योगदान पुगाउने सबैप्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गरेको सहसंयोजक दोलखराम घिमिरेले जानकारी दिए ।
सोही वैठकले स्वयम्सेवक परिचालनका लागि संयोजक गणेश के।सी। र सहसंयोजक रुकबहादुर भुसाल, आर्थिक संकलनका लागि संयोजक शंकर प्रसाद आचार्य र सहसंयोजकमा रुक बहादुर भुसाल रहेको समिति गठन गरेको पूर्व सांसद महिला नेत्री शान्तिदेवी चमारले जानकारी दिइन् ।
विस्तारित वैठकले प्रदेश नं। ५ अलग गराउने संशोधन विरुद्धको हस्ताक्षर अभियानलाई पुस २७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हिमलाल वाग्लेले जानकारी दिए ।







