विराटनगर, २० पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताएका छन् ।
सद्भावना पार्टी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको छ भने।
उनले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख गर्दै सो प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारे ।
मधेसको जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई छु्याएर प्रदेशको निर्माण गर्नुपर्ने विषयमा जोड दिँदै उनले संविधान संशोधनको प्रस्तावलाई पारित गराउनका लागि नेकपा एमाले पनि जिम्मेवार हुनुपर्ने आवश्यकता औँंल्याए ।
सिके राउतले अलग मुलुकको माग राखेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले प्रदेशको माध्यमबाट नै मधेसी, थारु,आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकाले त्यस्ता मागको पक्षमा मधेसी मोर्चा नरहेको स्पष्ट पारे।







