आतंकवादीको हमला हुन सक्ने आशंकामा अष्ट्रेलियन सरकारले आफ्ना नागरिकहरुलाई भारतका कुनैपनि शहरमा जाँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।भारतमा विदेशी बसेका होटलहरुमा आक्रमण हुने सम्भावना रहेकोको गोप्य सूचना प्राप्त भएपछि अस्ट्रेलियन सरकारले यस्तो आग्रह गरेको हो । यस्तो अनुरोध ईन्डोनेसिया भ्रमण गर्न गरिएको अनुरोधको एकदिनपछि आएको छ ।
सम्भावित आतंकवादी हमलाका कारण यस्तो अनुरोध गरिएको विदेश विभागका अधिकारीहरुले जानकारी दिएका छन् । भरतीय सुरक्षा अधिकारीका अनुसार अष्ट्रेलियन नागरिकहरुले अधिकांश भ्रमण गर्ने ठाउँहरुमा विनाकुनै चेतावनी वा छोटो चेतावनीकाबीच आतंकवादीहरुले हमला गर्ने सूचनाहरु प्राप्त भएका छन् र यी सूचनाको गम्भीरताका विषयमा उनीहरुले अनुसन्धान गरिरहेका छन ।








